FAQs Complain Problems

कालिका नगरकार्यपालिकाको कार्यालय।

Read More

कालिका नगरपालिकाको आ.व २०८१/०८२ को नगर दररेट।

कालिका नगरपालिका बाट प्रकाशन भएका राजपत्रका सूचि ।

संक्षिप्त परिचय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेश स्थित चितवनको पूर्वि उत्तर भागमा अवस्थित यस नगरपालिका २०७२ असोज १ गते नेपाल सरकार द्धारा साविकका तिन गा.बि.स.हरु शक्तिखोर, पदमपुर र जुटपानी मिलाई घोषण भएको थियो । राज्यको पुन संरचना गर्दा साविकको कालिका नगरपालिकामा साविकको गा.बि.स. सिद्धि मिलाइ २०७३ फाल्गुण २७ गते क्षेत्र विस्तार गरी कालिका नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई ११ वटा वडाहरुमा विभाजन गरिएकोछ । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल जनसंख्या ५२,१६४ (महिला २६,६७३ र पुरुष २५,४९१) रहेको देखाउदछ भने घरधुरी संख्या १२,२५८ रहेको यस नगरपालिकाको हालको क्षेत्रफल १४९.०८ वर्ग कि.मि.रहेको छ , जसको कार्यालय रेडक्रसग्राममा रहने भए तापनि हाल अस्थायी रुपमा का.न.पा.६ कमलचोकमा अवस्थित छ। भौगोलिक हिसाबले समथरिलो तथा केही भुभाग पहाडी क्षेत्र रहेको यस नगरपालिका सडक यातायातको पहुँचबाट नजिक रहेको छ भने तल्लो भूभाग (समथर) को हरेक टोल टोलमा बाह्रै महिना चल्न सक्ने सडक पुगेको छ भने कालोपत्रे भएका सडक पनि उल्लेखय मात्रामा रहेको अनुमान गर्न सकिन्छ । खाद्यान्न वालीको उत्पादनमा खास गरी धान, मकै, र गहुँ तथा तेलहनमा तोरी र दलहनमा मसुरो उत्पादनको लागि उर्वर मानिने यो नगरपालिका हालका दिनहरुमा यहाँका किसानहरु केरा खेती, तरकारी खेती तथा पशुपालन तर्फ पनि आकर्षित भएको देखिन्छ । पशुपालन ब्यबसायका दृष्टिले गाइपालन व्यवसायीक रुपमा नै अघि बढेको छ भने अन्य पशुपालनको पनि त्यत्तिकै सम्भावना रहेको देखिन्छ । त्यस्तै गरी नगदेवाली तर्फ मौसम अनुसार तराइ क्षेत्रमा हुने सबै प्रकारका तरकारी खेति हुने हुँदा त्यसको व्यवसायीक उत्पादन हुने गरेको छ । राजनैतिक हिसाबले जिल्लाका निर्वाचन क्षेत्र मध्ये यस नगरपालिकाका सबै वडाहरु निर्वाचन क्षेत्र नं. २ अन्तरगत पर्दछन । कालिका नगरपालिका (आक्षाशं - २७.१ डिग्री देखी २७.१५ डिग्री उत्तर) र ( देशान्तर - ८३.१ डिग्री ८३.४१ डिग्री पूर्व) भाैगाेलिक स्थितिमा अवस्थि छ । चितवन जिल्लाको पूर्वी उत्तरी भागमा पर्ने कालिका नगरपालिका भौगोलिक हिसावले पहाड र तराइ दुवै भूभागलाई समेटेको नगरपालिकाको रुपमा रहेको छ । स्थानीय तह पुर्नसंरचना गर्ने क्रममा २०७३ सालमा गठन भएपश्चात यस नगरपालिकाले विकासमा नया र प्रभावकारी फडको मारेको आवास हुँदै आएको छ । साविकका शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी गा.वि.स.को सम्पूर्ण भूभागलाई समेटेको यस नगरपालिकालाई ११ वटा वडामा विभाजन गरिएको छ । पहाडी भूभाग वडा नं. १० र ११ मा आदीबासी चेपाङ समुदायको बसोवास रहेको यस नगरपालिकाको अन्य समथरिलो भुभागमा हालका दिनहरुमा शहरीकरण तर्फ उन्मुख हुन थालेको आभास देखिन्छ । भौगोलिक सीमाना पूर्व- खैरहेनी नपा, पश्चिम -भरतपुर महानगरपालिकाको वडा न ११ मा रहेको जनजागृति सामुदायिक वन क्षेत्र, उत्तर- इच्छाकामना गाऊपालिका एवंम धादिंगको बेनिघाट रोराङ गाउँपालिका, दक्षिण - रत्ननगर नगरपालिका रहेको छ।

आ.व ०८१/८२ तेस्रो त्रैमासिकसम्मको सामाजिक सुरक्षा भत्ता लाभग्राही भुक्तानी प्रतिवेदन।

Pages

सुचना तथा समाचार

Pages

जन प्रतिनिधि र पदाधिकारी

विनोद रेग्मी
नगर प्रमुख
binodregmi62@gmail.com OR kalikanagarpalika@gmail.com
९८५५०५८९१४
विमला तमाङ्ग
उप– प्रमुख
tamangbimala138@gmail.com OR kalikanagarpalika@gmail.com
९८५५०२२०५७
देवराज चौलागाई
प्रमुख प्रशासकीय अधिकृत
kalikanagarpalika@gmail.com
९८५५०१९१११
लक्ष्मण पौडेल
नगर प्रवक्ता
kalikanagarpalika@gmail.com
९८५५०८२६६०
प्रकाशचन्द्र पौडेल- सूचना अधिकारी-गुनासो सुन्ने अधिकारी
अधिकृत सातौ
pcpaudel2009@gmail.com
९८५५०६११३१